Home » » त्रिभुवन विमानस्थलमा दुर्घटना, चार जना सैनिक घाइते

त्रिभुवन विमानस्थलमा दुर्घटना, चार जना सैनिक घाइते

Written By Admins on Wednesday, March 28, 2012 | 6:17 AM

काठमाडौं, चैत १५- नेपाली सेनाको हेलिकोप्टरबाट अभ्यासका क्रममा खस्दै गरेका ४ जना त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखेको श्री एयरलाइन्सको एम आइ-१७ हेलिकोप्टरमा ठोक्किएपछि घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको छ।

उनीहरुको अवस्था खतरामुक्त रहेको सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले बताए। 'तालिम अभ्यासका क्रममा हाम्रो सानो हेलिकोप्टरबाट डोरीबाट झर्दै गर्दा श्री एयरलाइन्सको हेलिकोप्टरको पखेँटामा ४ जना ठोक्किन पुगे', क्षेत्रीले नागरिकन्युजसँग भने- 'हेलिकोप्टर जुधेको हैन।' त्रिभुवन विमानस्थलमा सेनाले एन्टी एयरक्राफ्ट हाइज्याकिङ तालिमको अभ्यास गर्दा उक्त दुर्घटना भएको हो।

श्रीको हेलिकोप्टरको ठूलो पखेँटामा सामान्य क्षति पुगेको उनले जानकारी दिए। सेनाको हेलिकोप्टरमा भने कुनै क्षति नपुगेको उनले बताए।

२३ गते हुने एक कार्यक्रमका लागि सेनाको हेलिकोप्टर अभ्यास गरिरहेको थियो।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS