Home » » ८४ जना आमा-बाबाले दिए एसएलसी

८४ जना आमा-बाबाले दिए एसएलसी

Written By Admins on Tuesday, March 20, 2012 | 5:58 AM

७ चैत, काठमाडौं ।  मङ्गलबारबाट सुरु एसएलसी परीक्षाको पहिलो दिन रत्‍नराज्य मावि चनौटे र चण्डेश्वरी मावि भोटसिपा केन्द्रमा बुढ्यौलीतर्फ धकेलिएका बा–आमा पनि देखिए। सन्तानले घेरिएका उनीहरु फूर्तिसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए।
'नआत्ती राम्रोसँग लेख्‍नूस्'- निरीक्षक उनीहरुलाई हौस्याउँथे। उनीहरुमध्ये कतिपयका छोराछोरीसमेत एसएलसी दिइरहेका छन्।

पढाइबाट वञ्चित भएकालाई औपचारिक शिक्षाको मूलप्रवाहीकरणमा ल्याउने सरकारी अवधारणअनुरुप प्रौढ (अनौपचारिक) विद्यालय सञ्चालनमा ल्याइएपछि बा–आमाले यो अवसर पाएका हुन्। राजेश्वरी प्रौढ मावि सिपापोखरेबाट ४० र आनन्द प्रौढ मावि जलविरेबाट ४४ गरी ८४ जना बा–आमा परीक्षामा सम्मिलित छन्। प्रौढ विद्यालयबाट एसएलसीमा बा–आमाको सहभागिता यो दोस्रो पटक हो। पहिलो पटक गतवर्ष ३० बा–आमाले एसएलसीमा सफलता पाएका थिए। १२ जना बा–आमालाई एसएलीमा सहभागी गराएको राजेश्वरीले सबै उत्तीर्ण गरेर शतप्रतिशत नतिजा निकालेको थियो।

'एसएलसी पास गरिछाड्ने धोकोसाथ उहाँहरुले खुब मेहनत गर्नुभएको थियो'- जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले नागरिकसँग भने। ४५ वर्षसम्मका सन्तानका अभिभावक एसएलसीमा सहभागी भइरहेका छन्। मात्रै एक वर्ष पढेर उनीहरु एसएलसीमा सामेल हुन लागेका हुन्। निमावि तह सकेर पढ्न नपाएकाहरुले प्रौढ माविमा अध्ययनको अवसर पाउँछन्। जिल्लामा हालसम्म निम्न माध्यमिक तहको प्रौढ विद्यालय नभए पनि ४३ वटा प्राथमिक तहका प्रौढ विद्यालय सञ्चालनमा छन्। जहाँ करिव ५ सय प्रौढ आमा–बाबु पढिरहेका छन्। शिक्षा कार्यालयका अनुसार १० वर्षको विद्यालय तहमध्ये प्राथमिक तह तीन, निम्न माध्यमिक दुई र माध्यमिक तह एक वर्ष पढेर ६ वर्षमै एसएलसी दिन पाउँछन्।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS