Home » , » नेटवर्कमा आबद्ध मलेसियाका हजारौं श्रमिक अन्यौलमा

नेटवर्कमा आबद्ध मलेसियाका हजारौं श्रमिक अन्यौलमा

Written By Admins on Friday, March 30, 2012 | 2:56 AM

१७ चैत, क्वालालम्पुर । सर्वोच्चले त नेकटवर्कलाई खारेज गरिदियो रे नी ? अब हाम्रो पैसा के हुन्छ ? हर्वो मात्र हो कि सवै नेटवर्कलाई खारेज गर्‍यो ? मलेसियामा कारोवार गर्न पाइन्छ कि पाइन्न ?
दिनरात पसिना बगाउँदा पनि महिनामा १० हजार कमाउन नसकिरहेका बेला लाखौं कमाउने प्रलोभनमा दशौं हजार रुपैयाँ लगानी गरेका मलेसिायाका नेपाली श्रमिक बुधबार साँझदेखि यस्तै प्रश्न गर्न थालेका थिए । सर्वोच्चले नेटवर्क ब्यबसायलाई अबैध भनेपछि उनीहरुलाई लाखौं कमाउन सकिन्छ भनेर संजालमा आबद्ध गर्ने नाइकेहरु पनि यतिखेर गुपचुप छन् । कतिले नेपालको सर्वोच्च अदालतले गरेको निर्णय मलेसियामा लागू हुँदैन भनेर ग्राहक झुक्काईरहेका छन भने कतिले हर्वोमात्र हो, हाम्रो त खारेजीमा परेको छैन भनेर भ्रम फिजाईरहेका छन् ।


युनिटीदेखि हर्वोसम्म आइपुग्दा रोजगारीमा मलेसिया आएका नेपाली श्रमिक उनीहरुलाई राम्रै कमाई खाने भाँडो भएका छन् । फलानाले यति महिनामै करोडौं कमायो, गाडी चढ्यो, फलानाले महिनामा बसिबसि यति रकम पाउँछ भन्ने सपना देखाएर उनीहरु बस्ने होष्टलसम्मे पुगेर नेटवर्कका दलालहरुले सदस्य बनाउँछन् । करिव आधा दर्जनजित नेपाली नेटवर्क मार्केटिकङ कम्पनीले अहिले मलेसियामा हरेक साताजसो कार्यक्रम आयोजना गरि यस्तै सपना बाँडिरहेका छन् ।
तर सर्वोच्चको फैसलापछि उनीहरु आफ्नो ब्यबसायको भबिष्य के हुने र उनीहरुको नेटवर्कमा आबद्ध लगानीकर्ताहरुको लगानी सुरक्षा कसरी हुने भन्नेबारेमा केही बताउन सकिरहेका छैनन् । तीस हजारभन्दा बढि सदस्य बनाएको युनिटी आफ्नै आँखा अगाडी गायव भएको देखेका नेपाली श्रमिकहरु फेरि पैसा डुब्ने भयो भन्दै डराउन थालेका छन् ।

मलेसियामा लामो समयदेखि कारोवार गरिरहेको हर्वाेका हजारौ सदस्यहरु रहदै आएको बताईएको भएपनि मलेसियामामा कम्पनीको प्रतिनिधित्व गर्ने रामजी पौडेलले आफना सदस्यहरुको तथ्याङ्क वारेमा खुलेर वोल्न चाहेनन् । उनले भने यहाँ सदस्य वनेकाहरु कतिपय नेपालमा गएका छन नेपालमा सदस्य वनेकाहरु मलेसिया आएका हुनाले यति नै सदस्य भन्ने यकिन हुन नसकेको बताए । आफुहरु मलेसियाको कानुनअनुसार अघि बढ्ने बताएपनि सदस्यलाई ढुक्क बनाउनेगरि आश्वस्त तुल्याउन सकेनन् । हर्वोका मुख्य मानिस भूमिगत भइरहेका बेला उनको स्वर पनि सुकेको छ । केहि वर्ष अगाडि एमालेका प्रभावशालि नेता केपी शर्मा ओली मलेसिया आएर हर्वाेको नेटवर्क बनाउन पहल गरेका थिए ।

मलेसियामा केहि महिनावाट नेटवर्किङ थालेको गि्रन होपलाई पनि सर्वोच्चको फैसलाले इन्तु न चिन्तु बनाएको छ । यद्यपी यसका संचालकहरु मलेसियाको कानुनअनुसार चलेकाले आफुहरुलाई कुनै फरक नपर्ने दावी गर्छन् । यसअघि श्रमिकहरुवीच कार्यक्रम आयोजना गर्दा भने गि्रन होप नेपालका पदाधिकारी पुगेरै एउटै कम्पनी भएको र मलेसियामा बनेको सदस्यले नेपालमा पनि मान्यता पाउने आश्वासन दिंदै हिडेका थिए ।
छ महिना अगाडिवाट मलेसियामा नेटवर्किङ थालेको एमडिवि ईण्टरनेशनललाई पनि वुधवार सर्वोच्चको फैसलाले असर पारेको छ । उनीहरु पनि सदस्यको सम्र्पकमा आएका छैनन् । जसले गर्दा नेटवर्क सदस्यहरु मुख्य मान्छे भागेको अनुमान गर्न थालेका छन् । एमडिवि इण्टरनेशलका एक लिडरले आफनो नाम नखुलाउने शर्तमा अनलाईन खवरलाई भनेे-नेपालमा भएको कम्पनीवाट केहि पनि जानकारी आएको छैन, हामी पनि अन्यौलमै छौं ।

मलेसियामा संचालित सवैजसो नेपाली नेटवर्क कम्पनीले विदेशी पैसा नेपालमा भित्रयाउने नारा दिने गरेपनि उनीहरुका सत प्रतिशत सदस्य गरिव र कम आय भएका नेपाली श्रमिकहरु हुने गरेका छन् । जसलाई उनीहरुले वास्तविक भन्दा चार पाँच गुना बढि पैसा लिएर सामान बेच्छन र आफ्नो नेटवर्कमा आबद्ध गर्छन् ।

भिओपिका पिडित मलेसियामा पनि

केहि समय अगाडि नेपालमा नेटवर्कको नाममा ठगि गरेको भिओपिले मलेसियामा रहेका केहि श्रमिकहरुलाई पनि ठगि गरेको खुल्नमा आएको छ । जोहोरवारुको गेलनपत्तामा रहेको पिटिपि कम्पनीमा कार्यरत छ सात जना नेपाली श्रमिकहरुसंगवाट करीव छ लाख रुपैया ठगि गरेको रहस्य खुलेको छ । नेपालवाट आएका एक जनाले उनीहरुलाई विभिन्न प्रलोभन देखाएर ठगेको पिडितहरुले बताएका छन । चिनजानकै मान्छे भएकाले ठगी गर्नेको नाम भन्न समेत पिडितहरु हिचकिच्याएका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS