Home » » प्रमुख तीन दलको बैठक स्थगित

प्रमुख तीन दलको बैठक स्थगित

Written By Admins on Sunday, April 1, 2012 | 4:33 AM

काठमाडौं, चैत १९ । आज (आइतबार) बस्ने भनिएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ । आइतबार शान्ति मन्त्रालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेपाली काँग्रेसका नेताहरु उपत्यकाबाहिर रहेकाले बैठक स्थगित भएको जनाइएको छ । आजको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणमा बाँकी रहेका मुद्धाहरुलाई टुङ्गोमा लाने विषयमा छलफल हुने बताइएको थियो । यसअघि तीन दलको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन प्रक्रिया अगाडि बढाइएको थियो ।

आजको बैठकमा वेपत्ता छानविन आयोग गठनका विषमया पनि छलफल गर्ने बताइएको थियो दलहरुले मेलमिलाप, परिपुरण, क्षमादान कारवाहीको सत्य निरुपण तथा मेलमिलाप आयोगको कामकारवाहीको का छन् पहिले मेलमिलाप वा सहमतिको प्रयास हुने, पीडितले क्षतिपूर्ती पाउने पीडकले पश्चाताप गर्ने, त्यसो हुन नसके कारबाहीको सिफारिश हुने सैद्धान्तिक अवधारणा समेत बनेको लामो समयदेखि दलहरुका बीचमा शान्ति प्रक्रिया सेना समायोजनका विषयमा सहमति जुट्न नसक्दा सत्य निरुपण तथा मेलमिलाप आयोग वेपत्ता छानविन आयोग गठनको विषयमा ठोस सहमति बन्न सकेको थिएन

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS