Home » » महाधिवेशनको माग गर्दै नेविसंघले पार्टी कार्यालयमा धर्ना दिदै

महाधिवेशनको माग गर्दै नेविसंघले पार्टी कार्यालयमा धर्ना दिदै

Written By Admins on Monday, April 2, 2012 | 11:25 PM

काठमाडौं, २१ चैत। नेपाल बिद्यार्थी संघले तत्काल अधिवेशन गराउन माग गर्दै मंगलबार सानेपास्थित पार्टी कार्यालयमा दुई घण्टा मौन रुपमा धर्ना दिने भएको छ। नेविसंघको विवाद समाधान गरी त्काल महाधिवेशनको वातावरणको निर्मार्ण गरियोस भन्ने मूल नाराका साथ धर्ना दिन लागिएको हो।

संस्थापन पक्षले माहाधिबेसनको मिति नतोकी एकाएक भातृ संगठनहरु भंङ्ग गरेपछि दुबै पक्षकाबीचमा बिबाद चर्किएपछि नेबिसंघको माहाधीबेसन अन्यौलमा पर्दै आएको छ। नेताहरुले जति समय लम्यायो उति नै बिबाद बढ्दै जाने अवस्था आएपछि नेतृत्वलाई दवाब दिन धर्ना दिन लागिएको बिद्यर्थी नेता रामप्रसाद अधिकारीले बताउनुभयो।


यसअघि माहाधिबेसन गराउन बिध्यार्थी नेता रन्जीत कर्णको संयोजकत्वमा एक सय एक जनाको तर्दथ समिति गठन गरिएको थियो। तर देउवा पक्षका २८ जनाले आफुहरुलाई सम्मान जनक स्थान नदिएको भन्दै सभापति कोईरालालाई राजिनामा बुझएपछि दुई पक्षीय बिद्यर्थी नेताहरुबीच तनाव उत्पन्न हुदै आएको छ।
अधिवेशनलाई लिएर बिद्यार्थी नेताहरुमा बिबाद बढेपछि सभापति शुशीलकोइरालाले बिबाद मिलाउन उपसभापति राचन्द्र पौडेल,महामन्त्री प्रकासमान सिंह र कृष्णप्रसाद शिटौललालाई दुईदिन अघि जिम्मेवारी दिनु थियो।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS