Home » » जनमुक्ति पार्टीद्धारा केसी र थापालाई फाँसी दिने चेतावनी

जनमुक्ति पार्टीद्धारा केसी र थापालाई फाँसी दिने चेतावनी

Written By Admins on Tuesday, April 24, 2012 | 4:01 AM

काठमाडौं, १२ बैशाख। राष्ट्रिय जनमुक्ति पार्टीले संघीयता विरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको छ। जनमुक्ति पार्टीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत संघीयता विरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको हो। सो पार्टीका अध्यक्ष एमएस थापा वर्तमान बाबुराम भट्टराई सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले दोस्रो चरणको आन्दोलनमा संघीयता विरोधीहरुको प्रतिकात्मक आकृति पुत्लालाई कोणसभा सहित सार्वजनिक स्थलमा जेठ १ गते ३ बजे फाँसी दिने कार्यक्रम तय गरेको हो। पत्रकार सम्मेलनमा जेठ १४ मै जातिय पहिचान सहितको संविधान जारी गराउन, संघीयता विरोधीहरुको अवाञ्छित गतिविधि निस्तेज पार्न र निर्धारित समयमै संविधान जारी नभएमा व्यापक रुपमा जनआन्दोलनको पूर्व तयारी गर्न दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

आन्दोलन परिचालन समितिका संयोजक के.पी. पालुङ्वाले दोस्रो चरणको आन्दोलनबाट पनि संघीयता सहितको संविधान बनाइएन भने तेस्रो चरणको आन्दोलनबाट संघीयता विरोधीहरुलाई फाँसी दिनेसम्मको कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिनुभयो। उहाँले नेपालको कानुन दैवले जानुनको अवस्थामा रहेको बताउदै जेठ १४ भित्र संघीयता सहितको जनताको संविधान जारी नभए राष्ट्रिय जनमुक्ति पार्टी संघीयता विरोधीहरुलाई फाँसी दिने अभियानमा लाग्ने  चेतावनी दिनुभयो।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS