Home » » जिप दुर्घटना हुँदा ४ जना घाईते

जिप दुर्घटना हुँदा ४ जना घाईते

Written By Admins on Tuesday, April 24, 2012 | 7:03 AM

शान्ति छन्त्याल, रेडियो ढोरपाटन-

बागलुङ बैशाख १२ l बुर्तिबाङबाट सदरमुुकाम बागलुङका लागि छुटेको जिप दुर्घट्ना हुँदा ४ जना घाईते भएका छन् । ध १ ज ९१ नम्वरको जिप विहुँ २ चिरपानीमा दुर्घट्ना हुँदा ग्वालीचौर ५ कि ६५ बर्षिय ईन्द्र बहादुर लम्सल, अधिकारीचौर ८ का २५ बर्षिय उमेश वुढा, बोबाङ ५ का ३१ बर्षिय पदम बहादुर घर्ति र चालक वलेवाका श्रीप्रसाद सुवेदी घाईते धएका हुन् । घाईते मध्ये चालक सुवेदीको धौलागिरी अञ्चल अस्पतालमा सामन्य उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य ३ जना भने सामान्य उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । दुर्घट्नाको कारण खुल्न सकेको छैन ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS