काठमाडौं, १ असार l स्थानीय प्रशासनले कडाईका साथ निगरानी बढाएपछि बाराको हलखोरीया जंगलमा तपस्या गरेका रामबहादुर बम्जन जंगलबाट बाहिरिएका छन् । बिहीबारराती बम्जन दशजना सहयोगीका साथ ५ दिनका लागी भ्रमणमा भन्दै सिन्धुलीतर्फ गएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।ना २ च १७६० नम्बरको रातो रंगको टाटा सुमोमा बम्जन जँगल छोडेर सिन्धुलीतर्फ गएका छन् । इलाका प्रहरी कार्यलय निजगढको टोलीले शुक्रवारराती गाडि रोकेर चेकजाँच गर्ने क्रममा बम्जन सिन्धुलीतर्फ गएको पत्ता लागेको हो ।
जिल्ला वन कार्यालय बाराका अनुसार बम्जनले तपस्या गरी अतिक्रमण गरी बनाईएका घर टहरा भत्काउने तयारी गरेपछि बम्जन भागेको स्थानीयले बताएका छन् । बम्जनलाई धार्मीक नाममा जन्मदर्ताको प्रमाण पत्र दिने गाविस सचिव आस महमद अन्सारीलाई स्थानीय प्रशासनले कारवाही गरेको छ ।





0 : बिचार र सुझाबहरु:
Post a Comment