Home » » स्वर्गिय न्यायाधीश बमलाई शहीद घोषणा

स्वर्गिय न्यायाधीश बमलाई शहीद घोषणा

Written By Admins on Thursday, June 14, 2012 | 11:24 PM

१ असार, काठमाण्डौं ।  अज्ञात समूहले गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश स्वर्गिय रणबहादुर बमलाई सरकारले शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार विहान बसेको मन्त्रिपरिषदको बैठकले स्वर्गिय बमलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिर्ने निर्णय गरेको छ ।


बैठकले न्यायाधीश बमको हत्याका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय चाँजबुझ आयोग गठन गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिनुभयो ।  आयोगका अन्य सदस्यमा महान्यायाधिवक्ताको कार्यालयबाट प्रेमराज कार्की र प्रहरी प्रधान कार्यालयबाट नरेश गुरुङ रहनुभएको छ ।
यसैगरी बमको उपचारका लागि नर्भिक अस्पतालमा लागेको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको छ । न्यायाधीश बमको कार्यालय जादै गरेका बेला ललिपुरको युएन पार्क नजिकै अज्ञात समुहको गोली प्रहारवाट गत जेठ १८ गते मृत्यु भएको थियो ।

यस्तै साथै मन्त्रिपरिषदको वैठकले झापाका स्वर्गिय पत्रकार यादब पौडेलको हत्याको घटना छानविन गर्न गठित छानबिन समितिको म्याद १५ दिन थप्ने निर्णय गरेको छ ।  सरकारले स्वर्गिय पत्रकार पोडेलको हत्याको घटना छानविन गर्न पूर्व न्यायाधीश  केशवप्रसाद बस्यालको संयोजकत्वमा  तीन सदस्यीय उच्चस्तरिय न्यायिक आयोग गठन गरेको थियो । सरकारले भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहलाई नेपाल भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको छ । भ्रमणका क्रममा जनरल सिंहलाई राष्ट्रपतिबाट मानार्थ नेपाली सेनाको महारथी पदले प्राप्त गर्ने मानमर्यादा र सम्मान उपभोग गर्ने गरी मानको खातिर नेपाली सेनाको महारथी पद प्रदान गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै जापान सरकारले नेपाल सरकारलाई सिन्धुली- बर्दिवास सडक तेस्रोखण्ड निर्माण आयोजनाका लागि जापानी येन चार अर्ब नौ करोड ६० लाख र सोही आयोजनाको दोस्रो खण्डको पहिरोप्रभावित क्षेत्रमा रोकथाम गर्न उपलब्ध गराउन लागेको येन ९० करोड १० लाख गरी रु पाँच अर्ब ६७ करोडबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ । सो अनुदान सहायतासम्बन्धी आदानप्रदानपत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव/सहसचिवले हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ  । (अनलाइनखबर)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS