छोरा मैनालीको स्वागतका लागि उनी ७९ वर्षीया बृद्ध आमा चन्द्रकला, दाजु इन्द्र मैनाली लगायतका मैनाली परिवार त्रिभुवन अन्तर्राष्टिय विमानस्थल पुग्ेका थिए । मैनालीले सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै भने ढिलै भएपनि न्याय पाएकोमा खुशि लागेको वताए । उनले भने,’मलाई झुठो अभियोगमा जेल चलान गरिएपनि ढिलै भएपनि १५ वर्ष पछि न्याय पाएको छु । ‘
एक जापानी महिलाको हत्या गरेको अभियोगमा उनलाई सन् १९९७ मा पक्राउ गरिएको थियो । तर हत्या गरिएकी महिलाको शरिरबाट संकलन गरिएका ४२ वटा नमुनाको डीएनए परिक्षण गर्दा कुनैपनि मैनालीसँग नमिलेपछि उनलाई अघिल्लो साता टोक्यो उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
अहिले उनको मुद्दा पुनः सुनुवाई गर्न अदालतले आदेश दिएको छ । घटनामा उनको संलग्नता देखिने कुनैपनि प्रमाण नरहेकाले उनी निर्दोष सावित हुने र क्षतिपूर्तिसमेत पाउने लगभग पक्का रहेको मैनाली सहयोग समितिका सदस्य राजन प्रधानाङ्गले अनलाइनखबरलाई बताउनुभयो ।
एक निर्दोष नागरिक कानुनको माखेसाङ्लोमा फसेको यो घटना बिश्वभर चासोको बिषय बनेको छ । १५ बर्षपछि उनी पहिलोपटक सार्वजनिक हुन लागेकाले पनि त्रिभुवन बिमानस्थलमा बिदेशी संचारकर्मीहरुको ओइरो लागेको छ । जापानका बिभिन्न संचारमाध्यमका प्रतिनिधि पनि मैनालीको समाचार संकलनका लागि काठमाण्डौं आइपुगेका छन् । १५ वर्षपछि जेल जीवन विताएर करिव १७ वर्षपछि स्वदेश फर्किएका मैनालीले शनिवार साँझ अनामनगरस्थित युनियन हाउमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment