२ असार, काठमाडौं । म्याग्दीको चिमखोलास्थित राहुघाट नदीमा अर्को जलविद्युत् आयोजना निर्माण हुने भएको छ । हाल नेपाल विद्युत् प्राधिकरणले ३२ मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको सो नदीमा २९ मेघावाट क्षमताको अर्को आयोजना निर्माण गर्ने तयारी भएको हो ।
टुँडी पावर कम्पनी, ललितपुरले उपल्लो राहुघाट जलविद्युत् परियोजनाका लागि सर्वेक्षणको कार्य पूरा गरेको छ । सम्भाव्यता अध्ययन, जलमापन, भू-भौतिक सर्वेक्षण गरी प्रारम्भिक अध्ययनका सबै काम पूरा गरेको कम्पनीका परियोजना प्रतिनिधि आनन्दप्रसाद सुवेदीले जानकारी दिनुभयो । केही दिनअघि भूगर्भविद्को एक टोलीले परियोजना क्षेत्रको अवलोकन गरेको थियो । कुइनेमङ्गले गाविसको घ्याँसीखर्कमा आयोजनाको बाँध निर्माण गर्नका लागि छनोट गरिएको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment