३ असार, काठमाण्डौं । चितवनमा जंगलबाट ल्याइएको विषालु च्याउ खादा बिरामी परेका ५ मध्ये ३ जनाको मृत्यु भएको छ ।
चितवको जुगेडी चौकी स्थित जंगलबाट ल्याइएको च्याउ खादा विरामी परेका ५ जना मध्ये ३ जनाको मृत्यु भएको हो । विरामी मध्ये सिकिस्त भएका २ जनाको उपचार चितवनको भरतपुरमा भइरहेको छ ।
च्याउँ खाएपछि उल्टी आउँने र पखाला लाग्ने भएपछि अस्पताल पुर्र्याइएका ३ जनाको मृत्यु भएको हो । च्याउ जुगेडा चौकीका बुद्धि बहादुर चेपाङले जंगलबाट खोजेर ल्याएका थिए । चितवनमा दुई वर्ष अघि समेत जंगली च्याउ खादा एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment