वैवाहिक जीवनमा यौनको आफ्नै किसिमको महत्व हुन्छ । यौन शारीरिक आवश्यकता मात्र होइन पति–पत्नीको सम्बन्धलाई अझ बढी प्रगाढ एवं सुमधुर बनाउने बलियो आधार पनि हो, यौनको रोमाञ्चकता बढाउन ।
अलार्म क्लक ः अलार्म क्लकसित खेल्नु पर्छ । यौनमा संलग्न हुनु पूर्व टाइमर सेट गर्नु पर्छ । यौन क्रियाकलापका बेला जव अलार्म बज्छ, तव दुवैले आफूलाई फ्रिज गर्नु पर्छ । त्यसपछि बिस्तारै एक अर्काको शरीरलाई इन्जोय गर्न थाल्नु पर्छ । यसो गर्नाले यौन क्षमता र इच्छा धेरै हदसम्म बढ्छ ।
रोल प्लेइङ ः यो गेमबाट आफ्नो मनका धेरै कुरा गर्न सकिन्छ । इच्छा अनुसार स्ट्रिपटिज एक्टका साथमा रोमान्टिक ड्रामा गर्न प्रोत्साहिन गर्न सकिन्छ । स्वयं आफैले पनि सेक्सी पहिरन लगाउन सकिन्छ । साथै कुनै नटी एक्ट पनि गर्न सकिन्छ । रंगको महत्व ः यदि आफ्नी कोठामा मैनवत्ती डेकोरेट गरेर बोर हुनु भएको छ भने इलेक्ट्रिक बल्वले कोठालाई सजाउन सकिन्छ, जुन अलग–अलग कलर्समा उपलब्ध छ । यी बल्व कम वाटका हुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । पर्पल कलरले महिलामा यौन इच्छा बढाउने काम गर्छ ।
भेनिला टी ः यदि खाना खाइसकेपछि केही लिन चाहनु हुन्छ भने भेनिला टी पिउन सकिन्छ । ३ सय ४२ नपुंसक व्यक्तिमा गरिएको सर्वेक्षण अनुसार भेनिला टीले कामोत्तेजना बढाएको पाइयो । त्यसैले भेनिला टी पिएर आफ्नो पार्टनरसित यौनलाई इन्जोय गर्न सकिन्छ ।
रोल द डाइस ः कागजमा दुवै जनाले आफूले इच्छाएको काम लेख्ने र सोही अनुसार नम्वर पनि दिने । जसरी तपाई डाइस घुमाउनु हुन्छ र त्यस अनुसार जुन नम्बर आउँछ पार्टनरले सोही नम्बर अनुरुपको काम गर्नु पर्ने हुन्छ । डाइसलाई पालैपालो घुमाउनु पर्छ । डाइस घुमाउने बहानामा आफ्नो पार्टनरलाई इच्छाएको काम गराएर आनन्द लिन सकिन्छ । यसबाट एक अर्काबीच लज्जा अनि अप्ठ्यारो हट्छ र यौन जीवनको रोमाञ्चकता बढ्छ ।
यौन र खानपान ः सेक्स र खानपानबीच निकै गहिरो सम्बन्ध रहेको पाइन्छ । जसरी हतारमा खाइएको खाना लाभदायक हुँदैन, त्यसरी नै सेक्समा हतार गर्नु ठीक होइन । यसबाट पूर्णरुपले सन्तुष्टि प्राप्त हुँदैन । संयमतापूर्वक र समय दिएर गरिएको सेक्स उति नै बढी रोमाञ्चकता एवं आनन्ददायक हुन्छ । यदि आफ्नो सेक्सुयल लाइफमा बासीपन अनुभव हुन्छ भने सचेत हुनु आवश्यक छ । यसप्रतिको अरुचिको सबैभन्दा ठूलो कारण हो, नकारात्मक सोच र यसैका कारण अधिकांश व्यक्तिको सेक्सुयल लाइफको ‘द एण्ड’ भएको पाइन्छ । मनोचिकित्सकहरुका अनुसार नकारात्मक सोचबाट जीवनको हरेक पल ओइलाएको फूल सरह हुन्छ ।
सकारात्मक सोचबाट सेक्सुयल लाइफ पनि प्रभावित हुन्छ । अतः सकारात्मक सोच कायम राख्नु आवश्यक छ । यसबाट मस्तिष्क तनाव रहित हुन्छ र यौन प्रक्रियाको भरपुर आनन्द उठाउन सकिन्छ । अधिकांश कार्यमा व्यक्तिको सफलता–असफलता उसको मनको भावनामा निर्भर गर्छ । यौनसुख अनुभूतिका लागि सकारात्मक हुनु महत्वपूर्ण छ । चिकित्सकहरुका अनुसार शारीरिक तथा मानसिक रुपबाट जवसम्म स्त्री–पुरुषकाबीच सामाञ्जस्यता स्थापित हुँदैन र विचारमा एकता स्थापित हुँदैन, उनीहरुलाई सम्भोगमा आनन्द प्राप्त हुँदैन ।
जब मन सकारात्मक सोचबाट गुज्रन्छ तव मात्र एस्ट्रोजन र टेस्टोस्टेरिन हार्मोन श्रावित हुन्छ र त्यसले सहवासलाई सुखद बनाउँछ । यसले महिलाहरुलाई विशेष सुख दिन्छ । यस सम्बन्धमा गरिएका विभिन्न सोध अनुसार महिलामा यौनप्रति नकारात्मक सोच बढी पाइन्छ । उनीहरुलाई लाग्छ– पुरुषलाई मात्र यो कुराको मतलव हुन्छ । जसका कारण उनी आफ्नो इच्छालाई दवाउँछन् र पनि वा प्रेमीको इच्छाका अगाडि झुक्छन् तर उनीहरु के बिर्सन्छन् भने यही समर्पणले उनको जीवनलाई अन्धकारमा धकेल्न सक्छ । अतः यौनप्रति जसरी पुरुष सकारात्मक हुनु जति आवश्यक छ, महिला पनि उत्तिकै सकारात्मक हुनुपर्छ ।
–अन्तरंग पललाई ख्याल ठट्टामा बिताउनु रामो हुन्छ । गम्भीरताबाट यो क्षणको आनन्द अनुभव गर्न सकिँदैन ।
–यौन जीवनमा साथीको मुडप्रति ध्यान दिनु आवश्यक छ । पार्टनरको मुड अफ भएको स्थितिमा यौनक्रिया आनन्दायक हुन सक्दैन ।
–सहवासका बेला साथीको रुचि–अरुचिको ख्याल राख्नु पर्छ ।
–यौनका सम्बन्धका भएका शंका र डरको समाधान गर्नु पर्छ ।
–यौन जीवनको आनन्द अनुभूतिका लागि शारीरिक, रुपले फिट हुनु पनि आवश्यक छ । अनुसन्धान अनुसार हेल्डी एवं फिट शारीरिक स्थितिमा गरिएको सहवास सुखदायी हुन्छ ।
–यौनमा ग्याप राख्नु ठीक होइन । दुवैको इच्छा र शारीरिक स्वस्थता अनुसा यसलाई निरन्तरता दिनु पर्छ ।
–ख्याल ठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चक हुने भएकाले यसलार्य प्रयोग गर्नु राम्रो हुन्छ ।
–यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक छ, अतः यौन क्रियाको बेला बढी कुराकानी गर्नु ठीक होइन ।
–प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ, अतः यौन क्रियाका बेला एक अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ । साथै एक अर्कालाई भावनात्मक रुपले बुझ्न पनि उत्तिकै आवश्यक छ ।
Home »
कला मनोरंजन
» यौन शारीरिक आवश्यकता मात्र होइन, पति–पत्नीको सम्बन्धलाई प्रगाढ एवं सुमधुर बनाउने आधार पनि हो
0 : बिचार र सुझाबहरु:
Post a Comment