Home » » असहायलाई दीपक

असहायलाई दीपक

Written By Unknown on Friday, June 14, 2013 | 6:25 AM

काठमाडौ, जेष्ठ ३१ - गायक दीपक लिम्बुको अधिकांश समय कन्र्सटमै बित्छ । यसबाट हुने आम्दानीबाट उनी समाजसेवा पनि गर्न रुचाउँछन् । राजधानीमा बुधबार साँझ उनी दरबारमार्गस्थित एउटा रेस्टुरेन्टमा गाउँदै थिए, असहाय बालबालिकाको सहयोगार्थ । 

नर्लिङ गजल रेस्टुरेन्टमा उनले 'मैले माया गर्न...', 'मुटु माग्यौ तिमीले...', 'नाइँ न भन्नु ल...', 'ढल्क्यो ढल्क्यो...', 'एउटा फूल के मागूँ...', 'हराएँ म तिम्रो...', 'कसले चोर्‍यो मेरो मन...', 'यहाँ देशको छ चिन्ता...' लगायत करिब डेढ दर्जन गीत सुनाए । 'मेरा दिनहरू कन्र्सटमै बित्ने गर्छन्,' कन्सर्टपछि उनले भने, 'तर, कसैको सहयोगको लागि गीत गाउँदा बेग्लै आत्मसन्तुष्टि हुँदो रहेछ ।'

नेपाली पाश्र्व गायनमा बढी चलिरहेका गायक यति बेला तेस्रो सोलो एल्बम निकाल्ने तयारीमा पनि छन् । नयाँ पुस्ताले स्टेज प्रस्तुतिमा बढी चासो देखाउने भएकाले 'श्रव्य' मा केही डान्सिङ नम्बर पनि राखिएको पनि उनले बताए । 'सुगम शैलीका गीत पनि छन्,'

उनले भने, 'तर, कन्सर्टमा डान्सिङ नम्बरको बढी आकर्षण छ ।' तर जस्तो शैलीको गीत भए पनि संगीत, शब्द र गायकीमा निखार ल्याउनुपर्ने उनको धारणा छ । 'संगीत सुन्दा मीठो लाग्नुपर्छ,' उनले भने, 'चाहे त्यो रक, पप या आधुनिक नै किन नहोस् ।'



0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS