Home » » कोरिया जाने ६ हजार पाँच सय कामदार सरकारको विरोधमा

कोरिया जाने ६ हजार पाँच सय कामदार सरकारको विरोधमा

Written By Unknown on Wednesday, June 26, 2013 | 6:54 AM

काठमाडौं, १२ असार । रोजगारीका लागि कोरिया जान तयार रहेका ६ हजार पाँच सय कामदार लाई सरकारले कोरिया पठाउनमा ढिलाई गरेको र रोस्टरमा रहेका लाई नपठाई नयाँ लाई भाषा परीक्षा लिन लागको भन्दै सरकारको विरोध गरेका छन ।

कोरिया भाषा परीक्षा पास गरेर दुई पटक स्वास्थ्य परीक्षण गराएको, हस्तलिखित पासपोर्ट भएकाको तत्कालै एमआरपी बनाउन लगाए पनि कोरिया नपठाएको भन्दै कोरियामा जान तयार भएका कामदारले राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन । सरकारले हाल योग्य भएका कामदारलाई वास्ता नगरेर नयाँलाई भाषा परीक्षा लिन लागेकोमा रोस्टरमा रहेकाको मागलाई सरकारको स्थान नदिएको उनीहरूको आरोप रहेको छ ।

रोस्टरमा रहेका ६ हजार पाँच सय कामदारले मंगलबार सरकार सगं बसेर यस विषयमा वार्ता गर्न समय तय भएपनि सरकारनै वार्तामा अनुपस्थित भएपछि उनीहरू आक्रोपित भएका हुन । पिडित मध्येका प्रकाश गुरागाँईले भने, ‘तीन वर्ष भयो सरकारले कोरिया पठाउछु भनेको, पठाउनुको सट्टा उल्टै हामी भन्दा पछाडिको समूहलाई परीक्षा लिन लागेको छ ।’

६ हजार पाँँच सय रहेकोमा दुई हजार मात्र पठाउने भनेको छ, त्यसमा पनि ढिलो भयो । हामी काठमाडौंको महँगीमा होटलमा खाना खाएर बसेका छौ, हाम्रो पीर मर्का सरकार ले बुझनु पर्छ । गुरागाईले थपे ‘कोरियामा नेपाली अवैध कामदार देखाएर यहाँभएका कामदार नलैजान खोजीदै छ,यो कोरिया सरकारको कमजोरी हो ।’ सरकारले कोरियामा काम गर्न जान योग्य भएका कामदारलाई कोरिया पठाउन चाडै पहल गर्नु पर्छ पिडित टिका श्रेष्ठले भनिन,‘कोरिया जाने भनेर कतिपय नेपालीले पढाई छाडेका छन, कतिपयले जागीर छाडेका छन,नेपाल सरकारले यस विषयमा ध्यान दिनु पर्छ ।’ उनले थपिन ‘महिला कमदार नलैजाने भन्ने सुनिएको छ, अर्को पटक महिला नलैजाने हो भने उनीहरूको फर्म लिन बन्द गर्नु पर्छ । ’

मन्त्रालयलाई यस विषयमा जानकारि गराउदा सरकारले कुनै वास्ता गरेन पिडित मध्येका एक सरोज ढकालले भने, ‘हामी आगामी भाषा परीक्षाको विरोधी हैनौ, तर सरकारले हाम्रो मागलाई वास्ता नगरे सडक संघर्षमा जान्छौ ।’

भाषा परीक्षाका लागि आवश्यक तयारी भईरहेको छ । परीक्षा लिए पनि हाल रोस्टरमा रहेका जान पाउछन, ईपिएसका निर्देशक लि डोङ सर्क ले भने,‘उनीहरू आफनो अवधिमा जान्छन यदि परीक्षा हुन नपाएको खण्डमा मार्च २०१४ बाट नेपाली कामदार पठाउने आधार रहदैन।’ अन्य देशका मात्र कामदार आउने क्रम बढछ । यदि परीक्षा नलिएको खण्डमा नेपालबाट कामदार जाने क्रम बन्द हुन्छ यसैले पनि परीक्षा गर्नु पर्छ । रोष्टममा रहकाको विरोध विरोधका लागि मात्र हो । ईपिएसको परीक्षामा ८ हजार दुई सयको कोटा रहेको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS