Home » » अमेरिकी डेमोक्रेटिक पार्टीमा नेपाली मूलका भण्डारी

अमेरिकी डेमोक्रेटिक पार्टीमा नेपाली मूलका भण्डारी

Written By Unknown on Wednesday, August 14, 2013 | 8:20 AM

३० साउन, काठमाडौं । अमेरिकाको टेक्सासमा भएको डेमोक्र्याटिक पार्टीको युवा सम्मेलनमा नेपाली मूलका अमेरिकी युवा राजनीतिज्ञ एच.बी. भण्डारी अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालको सचिव पदमा निर्वाचित हुनुभएको छ । vandariहालै भएको सम्मेलनमा मेरील्याण्ड युवा डेमोक्र्याटको तर्फबाट नेपाली मूलका अमेरिकी युवा राजनीतिज्ञ भण्डारीले प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको हो ।

भण्डारीलाई डेमोक्र्याटिक महिला संजालकी उपसभापति एवं भारतीय मूलकी अमेरिकी राजनीतिज्ञ मरिगा रावले समर्थन गर्नुभएको थियो । युवा सम्मेलनमा अमेरिकाभरीका डेमोक्र्याटिक पार्टीका युवा नेताहरु सहभागी थिए । भण्डारीको जितलाई नेपाली मूलका अमेरिकीहरुले अमेरिकी मूलधारको राजनीतिमा प्राप्त गरेको ठूलो सफलता भएको टिप्पणी गरेका छन् ।

निर्वाचित भएपछि भण्डारीले नेपाली मूलका अमेरिकीहरुलाई अमेरिकी मूलधारको राजनीतिमा सामाजिकीकरण गर्ने यो अपूर्व अवसरलाई अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS