Home » » पूर्वप्रधानमन्त्री मरिचमानसमेत कम्युनिष्ट !

पूर्वप्रधानमन्त्री मरिचमानसमेत कम्युनिष्ट !

Written By Unknown on Sunday, August 18, 2013 | 9:11 AM

पहिले कामरेड, पछि पञ्च
२ भदौ, काठमाडौं । तीन दिनअघि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएका पूर्वप्रधानमन्त्री एवं राष्ट्रवादी नेता राजाका कार्यकर्तामात्रै नभई कम्युनिष्टसमेत रहेको तथ्य खुलासा भएको छ । ’सल्यानमा शिक्षक हुँदा उहाँ मरिचमान कम्युनिष्ट पार्टीको सम्पर्कमा आउनुभएको बरिष्ठ वामपन्थी नेता एवं नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अनलाइनलाइन खबरलाई बताउनुभयो ।Marichman Singh ‘मरिचमानले ०१३ सालमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि फारम भर्नुभएको थियो ।’ सिंहको भनाइ छ, ‘हामीले उहाँलाई युनिटमा राखेका पनि थियौं, तरपछि हामीसँग सम्पर्क हुन छाड्यो ।’

मरिचमान त्यसबेला सल्यानमा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । स्रोतका अनुसार प्युठानबाट मोहनविक्रम लगायतका नेताहरुले सल्यान जाँदा मरिचमानसँग भेट्ने गरेका थिए । मरिचमान ०४३ सालमा प्रधानमन्त्री बनेपछि उहाँ पूर्वकम्युनिष्ट रहेको चर्चा चलेपछि आफूहरुले यसबारे मोहनविक्रम सिंहलाई सोधेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउनुहुन्छ ।’ ‘उनी पहिले कम्युनिष्ट रहेछन्, पछि कम्युनिष्ट पार्टीमा लाग्नुभन्दा पञ्चायततिर लाग्दा फाइदा हुने देखेर पञ्चायतमा पसेका हुन् ।’-केसीले अनलाइनखबरसँग भन्नुभयो ।

पहिले कामरेड, पछि पञ्च

त्यसो त पहिले कम्युनिष्ट बनेर पछि दरबार पस्ने मरिचमाजन सिंहमात्रै एक्ला नेता चाहिँ होइन । कम्युनिष्ट पार्टीको महामन्त्री बनिसकेका केशरजंग रायमाझी सबैभन्दा ठूला पञ्च बन्नुभयो । रायमाझीले नै वीरेन्द्रको बंश विनाशपछि ज्ञानेन्द्र शाहलाई राज्याभिषेक गराउनुभएको हो । रायमाझीजस्तै पञ्चायतकालीन मन्त्री शैलेन्द्रकुमार उपाध्याय पनि एक जमानामा ठूलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो । त्यस्तै राष्ट्रिय पञ्चायतको अध्यक्षता गर्न पुग्नुभएका कमलराज रेग्मी पनि बरिष्ट कम्युनिष्ट नेता हुनुहुन्थ्यो । त्यसैगरी हाल एमाओवादीमा रहनुभएका जनार्दन आचार्य पनि पहिले कम्युनिष्ट र पछि पञ्च बन्नुभएको हो ।

पञ्चायतकालमा धेरै मानिसहरु कम्युनिष्ट छाडेर पञ्चायतको विभिन्न ओहोदामा पुगेका उदाहरणहरु छन् । यही कारणले त्यसबेला कांग्रेस नेताहरुले कम्युनिष्ट पार्टीलाई दरबारले पालेको आरोप लगाउने गरेका थिए । त्यसबेला दरबारले कांग्रेसलाई भन्दा कम्युनिष्टहरुलाई बढ्ता माया गर्ने गरेको नेताहरु बताउँछन् । बहुदल आइसकेपछि पनि कम्युनिष्ट नेताहरुको दरबारप्रतिको आकर्षण सकिएन । फलस्वरुप पछिल्लो चरणमा राधाकृष्ण मैनाली, कमल चौलागाई लगायतका वाम नेताहरु ज्ञानेन्द्रको मन्त्रीमण्डलमा सहभागी भए ।

कम्युनिष्टमा अझै राजतन्त्रप्रति आकर्षण

यतिबेला राजतन्त्र ढलिसकेको छ । तर, नयाँ रुपमा पञ्चहरुलाई राजावादी देख्ने कम्युनिष्ट नेताहरुले राजावादीहरुसँग सहकार्य गर्नुपर्ने विचार अघि सार्दै आएका छन् । विशेषगरी राष्ट्रियताका नाममा नेपालका कम्युनिष्ट र राजावादीवीच घोषित, अघोषित तालमेल हुँदै आएको छ । डा. बाबुराम भट्टराईले ०५८ सालमा राजा वीरेन्द्रसँग अघोषित कार्यगत एकता भएको बताउनुभएको थियो ।

राजतन्त्र ढलेपछि राजावादीहरु माओवादीतिर

राजतन्त्रको अन्त्यसँगै धेरैजना पूर्वपञ्चहरु माओवादी बनेका छन् । राधाकृष्ण मैनालीदेखि जनार्दन आचार्यसम्म माओवादीमै छन् । पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओलीदेखि कुमार फुदोङ र इन्द्रजीत राईसम्म माओवादी बन्न भ्याएका छन् ।

कांग्रेसमा पनि छन् कम्युनिष्ट


त्यसो त कम्युनिष्टहरु पञ्चायतमा मात्रै नभई कांग्रेसमा पनि प्रवेश गरेर नेता भएका छन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पहिले कम्युनिष्ट हुनुहुन्थ्यो । त्यसैगरी हाल कांग्रेसमा रहनुभएका निलाम्बर आचार्य पनि पहिले ठूलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो । उता गैर कम्युनिष्ट तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता रहनुभएका हृदयेश त्रिपाठी पनि पहिले कम्युनिष्टको काटामा रुसमा पढ्न जानुभएको थियो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS