Home » » शासकका श्रीमती कस्ता ?

शासकका श्रीमती कस्ता ?

Written By Unknown on Sunday, August 25, 2013 | 7:22 AM

पश्चिमेली मिडिया शक्तिशाली व्यक्तिका निजी जीवन खोतल्नमा चासो राख्छन् । चर्चित र हाई–प्रोफाइल व्यक्तिका निजी विषयबारे कतिपय हावादारी समाचार प्रकाशन गरेकै कारण मिडिया–हाउस बन्द भएका पनि छन् । पाठकलाई आकर्षित गर्न पश्चिमेली मिडियाले हाई–सोसाइटी तथा शासकसम्मका निजी जीवन अनुसन्धान गर्दै आइरहेका छन् । बजारमा आफ्नो मिडिया फरक देखाउन उनीहरू यस्तै समाचारको खोजी गर्छन् ।

युरोपियन मिडियाले संसारकै नामी व्यक्तिका श्रीमतीबारे खोजी गरेका छन् । मिडियाले जर्मन शासक एडोल्फ हिटलरदेखि जिम्बाबेका रोबर्ट मुगाबेसम्मको निजी जीवन खोतलेको पाइन्छ । पश्चिमेली मिडियाका अनुसार धेरैजसो नाम चलेका शासक दुईभन्दा बढी श्रीमती राख्ने गरेका छन् । क्रूर र सनकी स्वभावका त्यस्ता व्यक्तित्व र श्रीमतीबीचको सम्बन्ध राम्रो देखिँदैन । श्रीमान्को ज्यादती सहन नसकी र मानसिक तनावका कारण धेरै श्रीमतीले आत्महत्या गरेको तथ्य पाइन्छ । विश्वका चर्चित शासक र उनीहरूका श्रीमतीबारे केही प्रसंग :

किम जोङ–जु से

किम जोङ इलको निधनपछि छोरा किम जोङ सीधै उत्तर कोरियाको उत्तराधिकारी बने । जोङले छिमेकी राष्ट्र दक्षिण कोरियाकी जु सेसँग विवाह गरेका थिए । जु से सोलमा बस्छिन् । उत्तर कोरियाले बाहिरी संसारलाई भित्रका कुरा सार्वजनिक नगर्ने नीति बनाए पनि किम र जु सेको विवाहको समाचार भने बारम्बार मिडियामा आइरहन्छ । जु से दक्षिण कोरियाकी एक चर्चित गायिका हुन् । दक्षिण कोरियाका युवामाझ उनी असाध्यै चर्चित छिन् । किम जोङले आफ्नी श्रीमती जु सेको वास्तविक पहिचान जनतासामु सार्वजनिक गरेका छैनन् । किमले केवल जु से एक प्रतिभावान् महिला भएको बताएका छन् । उत्तर कोरियाली राजनीतिज्ञले पछिल्लो समय किमको व्यवहार परिवर्तन हुनुमा जु सेको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेका छन् ।

हिटलर–इवा ब्रोन

जर्मनीका तानासाह एडोल्फ हिटलरको जीवन उतार–चढावबीच बितेको देखिन्छ । हिटलरले आफ्नो जीवनमा एक घटनालाई कहिल्यै बिर्सन सक्दैनन् । त्यो थियो, प्रेमिका इवा ब्रोनसँग वैवाहिक सम्बन्ध । हिटलर र ब्रोनबीचको वैवाहिक जीवन केवल ४० घन्टाका लागि मात्र रह्यो । १७ वर्षको उमेरमै ब्रोनले हिटलरलाई भेटाइन् । ब्रोनले फोटोग्राफर तथा मोडलिङलाई आफ्नो कर्म क्षेत्र बनाएकी थिइन् ।
हिटलरसँग विवाह गर्नुअघि ब्रोनले दुईपटक आत्महत्याको प्रयास गरेको ब्रिटिस एजेन्सीले जनाएका छन् । २९ अप्रिल १९४५ का दिन हिटलरले एक कार्यक्रममै ब्रोनसँग विवाह गरे । विवाहको ४० घन्टापछि ब्रोनेले ‘साइनाइड’ गोली खाएर आत्महत्या गरिन् । अहिलेसम्म ब्रोनले किन साइनाइड खाएको भन्ने तथ्य सार्वजनिक भएको छैन ।

 माओ–जियाङ

कम्युनिस्ट नेता माओ त्से–तुङले चारपटक विवाह गरेका थिए । चारवटी श्रीमतीमध्ये माओ जियाङ किङलाई तत्काल चिनियाँ कम्युनिस्ट पार्टीकै सक्रिय नेतृकी रूपमा लिने गरिन्थ्यो । तर, किङको मनपर्ने क्षेत्र चलचित्र थियो । चीनमा सन् १९८५० मा भएको जियाङ सांस्कृतिक क्रान्तिमा सिडिसी संस्थाकी अध्यक्ष थिइन् । जियाङको सांस्कृतिक क्रान्तिले उग्र रूप लिएपछि कम्युनिस्ट पार्टीमा ठूलै हलचल भयो । किङले चीनमा पुँजीवादी, माओवादीको रूढीवादीलाई समाजवादमा परिवर्तन गर्ने प्रयास गरेकी थिइन् । किङले चार व्यक्तिका साथ एक कट्टरपन्थी राजनीतिक गठबन्धनको समेत स्थापना नगरेकी होइनन् । जसकारण उनी जेल पनि परिन् ।

सन् १९७६ मा नेता माओको निधनपछि किङले शासन आफ्नो हातमा लिइन् । चिनियाँमा सांस्कृतिक क्रान्तिको बहानामा अराजकता मच्चाएको आरोपमा किङसमेत अन्य सदस्यले लामो समय जेल सजाय भोगेका थिए । सन् १९९१ मा स्वास्थमा खराबी आएपछि किङलाई रिहा गरियो । पुन: स्वास्थमा सुधार आएपछि जेलमा जानुपर्ने भएपछि उनले आत्महत्या गरिन् ।

 फिडेल कास्ट्रो–मिर्ता डियाज बालार्ट र डलिया सोटो

क्युवाका एक नेताकी छोरी डियाज बालार्ट हवाना विश्व विद्यालयमा दर्शनशास्त्र पढ्ने क्रममै क्रान्तिक्रारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोसँग परिचय भयो । पछि दुवैले विवाह गरे । क्यास्ट्रो र डियाजका एक छोरा छन् । सरकारले क्यास्ट्रोलाई निर्वासन जीवन बिताउन देश निकाला गरेपछि डियाजसँगको सम्बन्ध चिसियो । डियाजले विवाहको दुई वर्षपछि नै क्यास्ट्रोसँग तलाक लिइन् । डियाजले तलाक लिनुको मुख्य कारण छोरा थिए । डियाजले निर्वासनमा जाने तयारी गरिरहेका क्यास्ट्रोसमक्ष छोरालाई छाडेर जानुपर्ने माग राखिन् । तर, क्यास्ट्रोले छोरालाई सँगै लैजाने निधो गरे ।

यसबीच, डियाज मेक्सिकोमा रहँदा क्यास्ट्रोले आफ्नै छोराको अपहरण गरेका थिए । सो घटनापछि डियाजले सीधै क्यास्ट्रोसँग पारपाचुके गरिन् । डियाजसँग तलाक भएको ११ वर्षपछि क्यास्ट्रोले सुगर वर्कस संघकी सचिव डलिया सोटोसँग सम्बन्ध बढाए । सन् १९८० मा गुपचुप तरिकाले क्यास्ट्रोले उनीसँग विवाह गरे । क्यास्ट्रो र डलियाबाट पाँच सन्तान छन् ।

 जोसेफ स्टालिन–एकाटेरिना  र नाडेजडा एलिलुएव
सोभियत युनियन तानासाह जोसेफ स्टालिनका दुई श्रीमती थिए । जोसेफको पहिलो विवाह रुसी सेनाकी टेलर एकाटेरिना स्वानिड्जेसँग भएको थियो । छोरा याकोवको केही दिनपछि स्वानिड्जेको मृत्यु भयो । जोसेफले १९१९ तिर एक राजनीतिक क्रान्तिकारीकी छोरी नाडेला एलिलुएवसँग दोस्रो विवाह गरेका थिए । नाडेला मानसिक रोगी थिइन् । नाडेजडाको स्वास्थ स्थितिबाट परिचित भए पनि जोसेफले करबलमा विवाह गरे । उनीहरूबाट दुई सन्तान जन्मिए । उनीहरूबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेन । अचानक एक दिन नाडेजडाको शव घरको बाथरुममा भेटियो । नाडेजडाको पार्थिव शरीरसँगै बन्दुक पनि थियो । रसियन मिडियाले मानसिक तनावबाट मुक्त पाउन जोसेफले नाडेजडाको हत्या गरेको दाबी गरेका छन् । तर, अहिलेसम्म नाडेजडाको मृत्यु शंकास्पद नै रहेको छ ।

 फ्रान्सिस्को फ्राङ्को– कार्मन पोलो

स्पेनिस तानासाह फ्रान्सिस्को फ्राङ्कोले सन् १९२३ मा म्याड्रिडकै एक प्रतिष्ठित घरानाकी छोरी कार्मन पोलोसँग विवाह गरेका थिए । फ्राङ्कोले सैनिक जागिर पाउँदा पोलोलाई मन परेन । जसकारण बिस्तारै फ्राङ्को र पोलो टाढिँदै गए । लामो समय भेट भएनन् । फ्राङ्को लेफ्टिनेन्ट कर्णेल, कमान्डर तथा जनरल बनेपछि मात्र पोलोले उनलाई भेट्न गइन् । सन् १९३६ मा सिभिल वारमा फ्राङ्कोलाई हेड अफ स्टेट बनाए । सोही पदको फाइदा उठाएर फ्राङ्कोले आफ्नी श्रीमतीलाई स्पेनकी पहिलो प्रधानमन्त्रीमा नियुक्त दिए । वास्तवमा पोलो त्यस वेला ग्ल्यामरस महिलाकी रूपमा चिनिन्थिन् ।

 मुअमर गद्दाफी–फातिहा अनल नुर, साफिया फारकास

लिबियाका शासक मुअमर गद्दाफीले दुई श्रीमतीबारे खासै मिडियाले बोलेनन् । सिरियाली मिडियाले गद्दाफीले घरबाहिर धेरै श्रीमती राखेको दाबी गर्दै आइरहेका छन् । तर, गद्दाफीको जीवनमा फातिहा अनल नुर र साफिया फारकासमात्र श्रीमतीका रूपमा चिनिन्छन् । अझ अल नुरको बारेमा गद्दाफीले गोप्य नै राखे । सन् १९७० मै गद्दाफीले फातिहा र फारकाससँग विवाह गरे । सन् २०११ मा पत्थर रोगका कारण साफियाको मृत्यु भएको थियो ।

 बेनिटो मुसोलिनी–रचेल र इदा डल्सर

इदा डल्सर इटालीका प्रख्यात तानासाह बेनिटो मुसोलिनीकी पहिलो श्रीमती थिइन् । इटालीको एक ग्रामीण गाउँमा जन्मेकी डल्सरले मिलानमा ब्युटी–पार्लर खोलेकी थिइन् । दुवैबीचको प्रेम र वैवाहिक सम्बन्ध अनौठो छ । बेनिटो जागिरको खोजीमा यताउता भौँतारिरहेका थिए । यही वेला डल्सरले बेनिटोलाई आफ्नै पार्लरमा काम लगाइन् । ठीक–ठीकै तलब आउने डल्सरको पार्लरमा काम गर्ने भए पनि बेनिटोको एउटा बानी सबैलाई प्रभावित पारेको थियो । बेटिनोले आर्थिक रूपमा कमजोर मानिसलाई सहयोग गर्न पछि पर्दैनथे । यही बानीबाट मोहित भएकी डल्सरले सन् १९१४ मा बेनिटोसँग विवाहको प्रस्ताव राखिन् । तत्कालै बेनिटोले डल्सरको प्रस्ताव स्विकारे ।

 विवाहको एक वर्षपछि बेनिटोले डल्सरलाई धोका दिँदै सन् १९१५ मा रेचलसँग विवाह गरे । त्यस वेला पहिलो विश्वयुद्धको चलिरहेको थियो । श्रीमान्बाट धोका पाएपछि डल्सर पागलझँै भइन् । अस्पतालमा उपचारका क्रममै उनको मृत्यु भयो । दोस्रो श्रीमती रचेल र बेनिटोबीच भेट सन् १९१० मै भएको थियो । दुवैले आफ्नो सम्बन्ध डल्सरसमक्ष लुकाए । दुवैबाट पाँच सन्तान छन् । बिनिटो इटालीमा शासन गरेको समयमा रचेल शक्तिशाली महिला थिइन् । बिनिटोको कतिपय निर्णयमा रचेलले सल्लाह दिने गर्थिन् ।

 रोबर्ट मुगाबे–सेली ह्याफ्रोन, ग्रेस मुगाबे

संसारका धेरैजसो तानासाहले दुई वा बढी महिलासँग विवाह गरेको पाइन्छ । जिम्बाबेका शासक रोबर्ट मुगाबे पनि सोही समूहमा पर्छन् । उनकी पहिलो श्रीमती सेली ह्याफ्रोन तथा दोस्रो ग्रेस मुगाबे हुन् । मुगाबेकी पहिलो श्रीमती सेली एक शिक्षिका तथा राजनीतिक कार्यकर्ता थिइन् । सन् १९६१ मा दुवैले विवाह गरे ।
सन् १९६७ मा सेली लन्डनमा निर्वासित भइन् । अच्चम के भने सेलीले आफ्नै श्रीमान् तथा शासक मुगाबेले राजबन्दी बनाएकालाई छुटाउन हिम्मत गरिन् । सेलीले यसका लागि आन्दोलन पनि गरेकी थिइन् । श्रीमती सेलीबाट शासनमा खतरा देख्दा मुगाबेले उनलाई लन्डनमा पठाए । सन् १९९२ मा मुगाबे प्रधानमन्त्री बने । सोही वर्ष किड्नी फेल हुँदा सेलीको मृत्यु भयो । त्यसपछि मुगाबेले सन् १९९६ मा ग्रेस मुगाबेसँग विवाह गरे । पहिलो श्रीमान्बाट डिभोर्स लिएकी ग्रेसले राष्ट्रपति मुगाबेको विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् ।



सद्दाम हुसेन–सजिदा तल्फाह, समिरा साहबेन्दर

सन् १९९० ताका इराकी शासक सद्दाम हुसेनका कारण ‘खाडी–युद्ध’ भयो । सद्दामले कुवेतलाई नछाड्ने निर्णय लिएपछि बहुराष्ट्रिय सेनाले इराकविरुद्ध युद्ध गरे । खाडी–युद्धपछि इराक–अमेरिका एक आपसका दुस्मन नम्बर एक भए । त्यस वेला अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसल सद्दामलाई सत्ताबाट हटाउन निकै कोसिस गरे । सन् २००३ मा अमेरिकी सैनिक सद्दामलाई पक्रन सफल भयो । सन् २००६ मा सद्दामलाई फाँसी दिइयो । इराकको इतिहासमा सद्दामलाई दुईथरी चित्रण गरिएको देखिन्छ ।

पहिलो उनी बहादुर शासक र दोस्रो निरंकुश । सद्दामले जीवनमा दुईपटक विवाह गरे । पहिलो विवाह सजिदा तल्फाहसँग र दोस्रो विवाह समिरा साहबेन्दरसँग गरेका थिए । समिरा पाँच वर्ष हुँदा उनकी नातेदारले सद्दामसँग विवाह गरिदिएका थिए । पहिलो श्रीमतीबाट सद्दामका पाँच सन्तान छन् । सार्वजनिक रूपमा सजिदा कहिल्यै बाहिर आइनन् । समिरासँगको विवाहपछि सद्दामले परिवारलाई संगठित पार्न सकेनन् । पहिलो र दोस्रो श्रीमतीका कारण सद्दामले मानसिक तनाव झेले ।
-नया पत्रिका

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS